+
+
Shares

भोजपुरमा सामुदायिक वनको डढेलो बस्तीमा फैलिँदा ८ घर जलेर नष्ट

इनामे सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले ८ घर-पाली जलेर नष्ट भएको भोजपुर प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १७:५१

४ चैत, काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका-१२ मा भीषण आगलागी भएको छ ।

इनामे सामुदायिक वनबाट बस्तीमा फैलिएको आगोले ८ घर-पाली जलेर नष्ट भएको भोजपुर प्रहरीले जनाएको छ ।

आगलागीबाट स्थानीय कालीदास चपागाईंको पाली, सोभित श्रेष्ठको घर र पाली, गोपीकृष्ण धमलाको पाली, गोविन्द चापागाईंको पाली, रुद्रप्रसाद ढकालको घर र पाली, गोमा दमाईको घर, रामबाहदुर कार्कीको घर र पाली र शंकर धमलाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट गोमा दमईको दुई वटा सुँगुर समेत मरेको छ ।

इनामे सामुदायिक वन अन्तर्गत पारपाने टङटङ्गे डाँडाबाट आगो बस्तीमा फैलिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरूले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागी क्षेत्रमा हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणमा लिन अझै नसकिएको  भोजपुर प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

खोटाङमा ५ घर जलेर नष्ट

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवा स्थित सामुदायिक जंगलमा लागेको आगो बस्तीमा फैलिँदा ५ वटा घर जलेर क्षति पुगेको छ ।

सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोमबार दिउँसो बस्तीसम्म पुगेको आगोले ५ वटा घर जलेर क्षति पुगेको हो ।

बस्ती पसेको आगो नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरूले प्रयास गरिरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?