+

१४ सरकारी अस्पतालमा थपिँदैछन् यी १८ सेवा (सूचीसहित)

२०८१ चैत  ४ गते २०:१२ २०८१ चैत ४ गते २०:१२
१४ सरकारी अस्पतालमा थपिँदैछन् यी १८ सेवा (सूचीसहित)

४ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । नागरिकलाई थप सुविधा दिने उद्देश्यले संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्न लागिएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले जानकारी दिए।

डा. विकास देवकोटाका अनुसार १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी छ । मन्त्रालयको तालिकाअनुसार अस्पतालहरूमा एक्सरे फिल्म हटाउनेदेखि आइभीआर सेवा थाल्ने, शैय्या विस्तार गर्ने आदि छन् ।

मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोश्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै राष्ट्रिय ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा

एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा रिपोर्ट दिनेछन् ।

भरतपुर अस्पतालले क्याथ ल्याब चैत्र महिनाभित्रै सञ्चालन गर्ने तयारी छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत्र महिनाभित्र थप गर्नेछ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्नेछ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्‍घान गरेर ओपीडी चैत्र दोश्रो साताभित्र आरम्भ गर्नेछ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेश्रो साताभित्र आरम्भ गर्नेछ ।

यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शैय्याको पीआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ।

तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास-प्रश्वास केन्द्रले चैत्र दोश्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ । डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना संकलन सेवा चैत्र तेश्रो साताभित्र सुरु हुनेछ ।

नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेश्रो साताभित्र थाल्ने तयारी गरेको छ । भेरी अस्पतालले भने १० आइसीयु शैय थपसँगै जलन वार्डमा ६ शैय्या थप गर्ने तयारी गरेको छ ।

चैत्रभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीको दावी छ ।

१४ अस्पतालमा थपिने सेवाको सूची

अस्पताल सेवा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय