
४ चैत, काठमाडौं । सहकारी विधेयकमा पनि विपक्षी दलहरूले मत विभाजन मागेका छन् । यसअघि सभामा सुशासन सम्बन्ध विधेयकमा पनि प्रतिनिधि सभाले मत विभाजनद्वारा निर्णय लिएको थियो ।
सहकारी सम्बन्धी विधेयकमा पनि विपक्षीले मत विभाजन मागेका हुन् ।
विपक्षीले मत विभाजन मागेपछि प्रतिनिधि सभामा सभामुख देजराज घिमिरेले मत विभाजनको प्रक्रिया अगाडि बढाएका छन् ।
प्रतिनिधि सभा नियमावलीको नियम २९ मा मत विभाजन माग गर्न सकिने सम्बन्धी व्यवस्था छ ।
सभामुखको घोषणाप्रति कम्तीमा अट्ठाइसजना सदस्यले आ–आफ्नो स्थानमा उभिई असहमति प्रकट गरेमा सभामुखले “हुन्छ”, “हुन्न” र “मत दिन्न” भन्ने सदस्यलाई मत विभाजन गरिनुपर्ने व्यवस्था छ ।
अब मत विभाजन हुँदा प्रत्येक सदस्यलाई “हुन्छ”, “हुन्न” र “मत दिन्न” भनेर मत संकलन गर्नुपर्छ ।
यसअघि सुशासन सम्बन्ध विधेयकमा मत विभाजन हुँदा १४५ जना सांसद उपस्थित थिए । ९६ जनाले पक्षमा र ४९ जनाले विपक्षमा मत दिएका थिए ।
प्रतिक्रिया 4