+
+
Shares

धनुषामा गोली लागेर गम्भीर घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लगियो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते २१:०५

४ चैत, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–९ भठियानमा प्रहरीको गोली लागेर घाइते भएका युवकलाई थप उपचारको लागि काठमाडौं लगिएको छ ।

मलद्वारमा गोली लागेर गम्भीर घाइते भएका सहिद नगरपालिका–१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादवलाई ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।

नेपाली सेनाको स्काई ट्रकबाट थप उपचारको लागि काठमाडौं स्थित ट्रामा सेन्टर लगिएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए । चौक सम्बन्धि विवादमा दुई पक्षबीच झडप भएपछि प्रहरीले नियन्त्रणको लागि गोली चलाएको थियो।

गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो । भठिहनस्थित चोकमा केही समय अघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव र झडप बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?