+
+
Shares

धनुषामा दुई समूहको झडपमा ९ प्रहरी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते २१:३१

४ चैत, काठमाडौं । धनुषाको सबैलामा चोकको नामाकरणसम्बन्धी विवादलाई लिएर भएको झडपमा ९ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगामुढाबाट ९ जना प्रहरी घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले जानकारी दिए ।

उनका अनुसार पाँचजना जनपथ र ४ जना सशस्त्र प्रहरी घाइते भएका हुन् । ‘प्रदर्शनकारीको ढुंगामुढा र भाटा प्रहारबाट ९ जना प्रहरी घाइते भएका छन् । कसैको टाउको फुटेको छ, कसैको मुखमा लागेको छ,’ एसपी तिवारीले भने ।

धनुषाको सबैला नगरपालिका–९ भठियानमा चोक सम्बन्धि विवादमा दुईपक्षबीच झडप भएपछि नियन्त्रणको लागि प्रहरीले चलाएको गोली लागेर सहिद नगरपालिका–१ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव गम्भीर घाइते भएका छन् ।

भठिहनस्थित चोकमा केही समयअघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेपछि आइतबारदेखि दुई समूहबीच तनाव बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?