+
+
Shares

कतिपयले अझै संघीयता स्वीकार गरेका छैनन् : देउवा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते २२:०७

४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै कतिपय मानिसहरू संघीयतालाई स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संघीयताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले कतिपय मानिसहरुले बाध्यताले संघीयता स्वीकार गरेको टिप्पणी गरेका हुन् ।

‘संघीयतालाई अझै प्रभावकारी बनाउने र जवाफदेही बनाउने कुरा आवश्यक छ । संघीयतालाई अझै कति मानिसले स्वीकार गरेका छैनन् । कतिले मन नपराई नपराई स्वीकार गरेका छन् । त्यसकारण संघीयता आइसक्यो यो फर्किने कुरा छैन,’ उनले भने ।

कसैले चाहँदैमा संघीयता नफर्किने उल्लेख गर्दै यसलाई जनताप्रति थप उत्तरदायि बनाउन आवश्यक रहेको बताए । मुलुक संघयितामा गइसकेपछि स्थानीय तह, प्रदेश र संघले आ—आफ्नै अधिकारप्राप्त गरेको भएपनि संघीयता सुदृढीकरण आवश्यक रहेको पनि बताए ।

‘समय लाग्न सक्छ । प्रदेशको आफ्नै भूमिका छ, आफ्नो अधिकार खोजिराखेको छ । संघको पनि आफ्नै अधिकार छ । त्यसकारण यसमा सबै पार्टीका साथिहरू बसेर संघीयताको प्रभावकारी कार्यान्वयनको लागि छलफल गर्नु आवश्यक छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?