+
+
Shares

अछाममा ४.३ म्याग्निच्युडको भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते ७:१०

५ चैत, काठमाडौं । आज बिहान अछाममा भूकम्प गएको छ । आज बिहान साढे ६ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पले अछामका साथै आसपासका जिल्लामा पनि धक्का महसुस भएको थियो । तर भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएको जानकारी प्राप्त हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय अछामले भूकम्पको धक्का महसुस भएको र त्यसले क्षति भए/नभएकोबारे सबै पालिकाहरुमा बुझ्ने काम भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?