+

अर्जेन्टिनी टिममा परेनन् मेसी

२०८१ चैत  ५ गते ७:३६ २०८१ चैत ५ गते ७:३६
अर्जेन्टिनी टिममा परेनन् मेसी

५ चैत, काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत उरुग्वे र ब्राजिल विरुद्ध हुने खेलका लागि अर्जेन्टिनी टिम घोषणा भएको छ । तर टिममा स्टार खेलाडी लिओनल मेसी भने समावेश छैनन् ।

उनको मसल स्ट्रेनका कारण टिममा राखिएको छैन । अमेरिकी मेजर सकर लिग (एमएलएस) अन्तर्गत एटलान्टा विरुद्ध खेलमा मेसीको मसल्समा समस्या देखिएको स्थानिय मिडियाले लेखेका छन् ।

त्यसैल गर्दा ३७ वर्षीय मेसी सोमबार घोषित अर्जेन्टिनी टिममा अटाएनन् । मेसी रिभकरीका लागि अमेरिकामै रहनेछन् ।

विश्वकपको दक्षिण अमेरिकी (कनमेबोल) छनोटमा अर्जेन्टिना १२ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा छ । अर्जेन्टिनाले छनोटको दोस्रो स्थानको रहेको उरुग्वे विरुद्ध सोमबार खेल्नेछ ।

त्यसपछि अर्जेन्टिनाले मार्च २५ मा घरेलु मैदानमा ब्राजिलसँग खेल्नेछ । ब्राजिलको टिममा पनि स्टार खेलाडी नेमार छैनन् ।

झण्डै एक वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्ने तयारीमा रहेका नेमार मसल इन्जुरीकै कारण टिमबाट बाहिरिएका हुन् ।

अर्जेन्टिना फुटबल लियोनल मेसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय