+

हङकङमा खेल्ने आर्यन राई झापा एफसीमा

२०८१ चैत  ५ गते ७:४४ २०८१ चैत ५ गते ७:४४
हङकङमा खेल्ने आर्यन राई झापा एफसीमा

५ चैत, काठमाडौं । हङकङको शीर्ष डिभिजनको लिग खेल्दै आएका आर्यन राईले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।झापाले सोमबार अट्याकिङ मिडफिल्डर आर्यन राईलाई एनएसएलका लागि अनुबन्ध गरेको जानकारी गराएको हो ।

झापाले विदेश खेलिरहेको नेपाली मुलका खेलाडीहरुलाई स्काउट गर्दै नेपालको राष्ट्रिय टिमका लागि समेत सहयोग पुग्न सक्ने विश्वास राख्दै आर्यनलाई अनुबन्ध गरेको जनाएको छ । उनी हङकङको कोलुन सिटी टिमबाट लिग खेल्दै आएका छन् ।

झापाले एनएसएलका लागि तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । झापाले उज्वेकिस्तानका डिफेण्डर अजामात अब्दुलेभ र अट्याकिङ मिडफिल्डर मुहम्मद इसाएभ तथा सर्वियाका विंगर लाजार अर्सिकलाई अनुबन्ध गरिसकेको छ ।

लाकेन लिम्बु मार्की प्लेअर रहेको झापाले प्रवेश कटुवाललाई तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । झापाले डिफेण्डर छिरिङ लामालाई अक्सनअघि रिटेन गरेको थियो ।

यसैगरी अक्सनबाट झापाले क्याटेगोरी ए बाट आशिष गुरुङलाई अनुबन्ध गर्दा क्याटेगोरी बी बाट झापाले अभिनाश स्याङ्गतान, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राईलाई अक्सनमा अनुबन्ध गरेको थियो ।

झापाले क्याटेगोरी सी बाट सृजन दानी, आरोन थापा, श्याम मुर्मु, अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ । झापाले विदेशी कोटाबाट प्रविन बस्नेतलाई अनुबन्ध गरिसकेको छ ।

झापाले यस पटक कोशी प्रदेशको एक्लो क्लबको रुपमा एनएसएल खेल्दैछ । पहिलो सिजन पुर्वबाट विराटनगर सिटी एफसीले एनएसएल खेलेको थियो ।

दोस्रो सिजन झापासँगै स्पोर्टिङ इलाम थपिएपनि विराटनगर सिटीले भने खेलेन । तेस्रो सिजनमा इलामले नाम फिर्ता लिएपछि झापा मात्र पूर्वको क्लबको रुपमा रहेको हो ।

आर्यन राई झापा एफसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय