+
+
Shares

विद्युत प्राधिकरणलाई सूर्यनाथ यादवले गरे ४० लाखको जग्गा दान

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते ७:५६
नेपाल विद्युत् प्राधिकरण धनुषाधाम वितरण केन्द्र प्रमुख रोशनकुमार सिंहलाई जग्गाको लालपूर्जा हस्तान्तरण गर्दै सूर्यनाथ यादव (वायाँ)।

५ चैत, जनकपुरधाम । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ निवासी सूर्यनाथ यादवले विद्युत प्राधिकरणलाई ४० लाखभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् ।

विद्युत प्राधिकरणको स्थायी भवन निर्माणका लागि यादवले धनुषाधाम चोक नजिकको २ कठ्ठा जग्गा हस्तान्तरण गरेका हुन् । हाल सो क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा कम्तिमा २० लाख रहेको यादव बताउँछन् ।

उनले सोमबार भूमिसुधार तथा मालपोत कार्यालय धनुषामा औपचारिक रूपमा विद्युत प्राधिकरणको नाममा उक्त जग्गा पास गरिदिएका छन् । सो जग्गाको लालपूर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख रोशनकुमार सिंहलाई हस्तान्तरण गरेका छन् ।

जग्गादाता यादवले धनुषाधामको विकास र नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले विद्युत प्राधिकरणलाई जग्गा दान गरेको बताए ।

धनुषाधाम वितरण केन्द्र २०७७ सालदेखि घर भाडामा लिएर सञ्चालन भइरहेको छ । वितरण केन्द्र प्रमुख सिंहले यादवको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै स्थायी भवन निर्माणपछि स्थानीयवासीलाई अझ राम्रो सेवा प्रदान गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?