+

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपलाई वोङ्छु पिक प्रमोसन र मुसा मसलाको साथ

२०८१ चैत  ५ गते ८:४९ २०८१ चैत ५ गते ८:४९
नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपलाई वोङ्छु पिक प्रमोसन र मुसा मसलाको साथ

५ चैत, काठमाडौ । नेपाल स्पोर्ट क्लाइम्बिङ एसोसिएसनको आयोजनामा हुने ‘नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ लाई वोङ्छु पिक प्रमोसन र मुसा मसलाले प्रायोजन गरेको छ ।

लामो समयपछि हुन लागेको नेसनल स्पोर्ट क्लाइम्बिङको लागि वोङ्छु र मुसा मसला मुख्य प्रायोजकको रुपमा रहने भएको हो । च्याम्पियनसिप यही चैत ८ र ९ गते पकनाजोल कालधारस्थित काठमाडौ स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुनेछ ।

मुख्य प्रायोजन सम्बन्धि सम्झौतामा नेसनल स्पोर्ट क्लाइम्बिङ एसोसिएसनका महासचिव सन्तोष मादेन तथा वोङ्छु पिक प्रमोसन र मुसा मसलाको तर्फबाट वोङ्छु पिक प्रमोसनकी म्यानेजर तथा मुसा मसलाकी बोर्ड मेम्बर आङदिकु शेर्पा तर्फबाट हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा नेसनल स्पोर्ट क्लाइम्बिङ एसोसिएसनका सहकोषाध्यक्ष प्रनिलमान श्रेष्ठ, वोङ्छु पिक प्रमोसनकी म्यानेजिङ डिरेक्टर तथा मुसा मसलाका सल्लाहाकार लाक्पा शेर्पा तथा तथा मुसा मसलाका बोर्ड मेम्बर विनोदमणी राईको उपस्थिती थियो ।

वोङ्छु र मुसा मसलाले यसअघि यसअघि पनि विभिन्न स्पोर्ट क्लाइम्बिङ प्रतियोगितामा साथ दिँदै आएको छ भने आफैँ पनि स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता आयोजना गरेको थियो ।

नेपाल स्पोर्ट क्लाइम्बिङ एसोसिएसनका महासचिव मादेनले वोङ्छु प्रमोसन र मुसा मसलाले यस अघि यस खेलमा सहयोग गरेको भन्दै उनीहरुले साथले स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा सहयोग पुग्ने बताए ।

यस्तै वोङ्छु पिक प्रमोसनकी म्यानेजिङ डिरेक्टर तथा मुसा मसलाकी सल्लाहकार लाक्पा शेर्पाले स्पोर्ट क्लाइम्बिङमा आफूहरु यसअघि पनि विभिन्न प्रतियोगितामा जोडिँदै आएको र यस पटक राष्ट्रिय स्तरको प्रतियोगितामै जोडिन पाउनु आफूहरुको लागि गर्वको विषय रहेको बताइन् ।

नेसनल स्पोर्ट क्लाइम्बिङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय