+

खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर ?

२०८१ चैत  ५ गते ११:१३ २०८१ चैत ५ गते ११:१३
Shares
खाली पेटमा खान नहुने ६ खानेकुरा, के हुन्छ असर ?

स्वस्थवर्द्धक खानेकुरा पनि उचित मात्रा वा उचित समयमा खाइएन भने त्यसले फाइदा गर्नुको सट्टा हानि पुर्‍याउन सक्छ । त्यसैले कुन खानेकुरा कहिले र कसरी खाने भन्नेबारे जान्नु निकै जरुरी हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरू बेला फाइदाजनक भए पनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर देखिन सक्छ।

कफी

केही मानिसहरू बिहान ओछ्यानबाट उठ्नेबित्तिकै एक कप कफीबाट आफ्नो दिनको सुरुवात गर्छन् ।  तर खाली पेटमा कफी पिउनु हानिकारक हुनसक्छ । किनभने कफीले पेटमा ग्यास्ट्रिक एसिडकाे उत्पादन बढाउँछ । एसिडका कारण  पेट दुख्ने र अम्लियपना जस्ता समस्या निम्त्याउन सक्छ ।  साथै, साँझतिर खाईने कफीमा पाइने क्याफिनले निद्राको चक्रलाई पनि असर गर्छ, जसले अनिद्राको समस्या निम्त्याउन सक्छ ।

बदाम

खाली पेटमा बदाम खाँदा कतिपयलाई पेटको समस्या वा एलर्जी हुनसक्छ । बदाम खाँदा कसै-कसैलाई पेट दुख्ने, ग्यास, अपच र पखालाजस्ता पाचन समस्या हुनसक्छ । बदाममा उच्च फाइबर हुन्छ, जुन केही मानिसहरूलाई पचाउन गाह्रो हुनसक्छ । यस्ता व्यक्तिले खाली पेटमा बदाम खानुहुँदैन ।

दही

दही स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । यसले पाचन क्रियामा पनि राम्रो असर गर्छ । तर, खाली पेटमा दही सेवन गर्दा त्यसले उल्टो असर गर्छ । दहीमा ल्याक्टिक एसिड हुन्छ । यसले पेटमा अम्लीयपना बढाउँछ । पेटमा अम्लको स्तर बिगार्छ । खाली पेटमा दूधबाट उत्पादन हुने खानेकुराहरूले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ। जसले अम्लियपना बढाउँछ । त्यसैले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन ।

गोलभेँडा

गोलभेँडा खाली पेटमा सेवन गर्नु हुँदैन । यसमा साइट्रिक एसिड पाइन्छ । जसले गर्दा पेटमा उत्पादन हुने ग्यास्ट्रिक एसिडसँग मिलेर पेटमा ग्यास्ट्राईटिसको समस्या पैदा गर्नसक्छ । खाली पेटमा गोलभेँडा खाँदा यसमा भएको एसिडले पेटमा रसायनिक प्रतिक्रिया गराउँछ । यसले पेटमा अघुलनशील जेल निर्माण गर्छ । यस्ताे जेलका कारण पेटमा स्टोन बन्ने कारण बन्न सक्छ ।

कार्बोनेटेड ड्रिङ्क

कुनै पनि प्रकारको कार्बोनेटेड पेय खाली पेटमा पिउनु हुँदैन । यो आफैँमा एसिडिक हुन्छ। यसले एसिडको मात्रा बढ्छ जसले दिनभरि पाचन प्रणाली बिगार्न सक्छ । यस्ता धेरै गुलियो पेयपदार्थ बिहान खाली पेटमा पिउँदा दिनभर चिनीको मात्रा बढ्छ । यसका कारण दिनभर थकित महसुस हुन्छ र कुनै पनि काम गर्न मन लाग्दैन ।

मसलेदार खानेकुरा

कहिले पनि खाली पेटमा मसलेदार खानेकुरा सेवन गर्नुहुँदैन । खाली पेटमा मसला र पिरो खानेकुरा खाँदा पेटमा जलन पैदा हुन्छ । खाली पेटमा खाइने यस्ता खानेकुराले अम्लिय प्रतिक्रिया गराउने र पेटमा ऐठन पैदा गरेर समस्या निम्त्याउँछ । त्यस्ता खानेकुराले पाचन यन्त्रमा गम्भीर असर पुर्‍याउन सक्छ । बिहान खाली पेटमा खुर्सानीको धुलो, लसुन र प्याज लगायतका मसला र त्यसबाट बनेका खानेकुरा खाएमा पेटमा एसिड रिफ्लक्स (आमाशयबाट खाद्यनलीतिर फर्किने प्रक्रिया) हुनथाल्छ, यसले आन्द्रामा असर गर्छ र पेट दुख्न सक्छ ।

खानपान
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय