+
+
Shares

कान्तिपुर इन्जिनियरिङमा अनेरास्ववियुले लगायो ताला

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते ११:३२

५ चैत, काठमाडौं । कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेलमा एमाले निकट विद्यार्थी संगठनले ताला लगाएको छ ।

स्ववियु चुनावको उम्मेदवार मनोनयन गर्ने समयमा ढिला गरी मनोनयन गरेको अनेरास्ववियुले ताला लगाएको हो । अहिले चुनावी प्रक्रिया रोकिएको छ ।

माओवादी निकट अखिल क्रान्तिकारीले चुनावी प्रक्रिया अगाडि बढाउन माग गरेको छ । ‘विद्यार्थीहरूको मताधिकार खोस्ने कदमप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । हामी कलेज प्रशासनलाई स्थगित गरिएको निर्वाचन प्रक्रिया तत्काल सुचारु गर्न आग्रह गर्दछौं। अन्यथा, बाध्य भएर सशक्त विरोधका कार्यक्रम अघि बढाउनेछौं,’ क्रान्तिकारीको विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?