+
+
Shares
संगीत :

उनको एक मुस्कान काफी : नेपाल आएका गुलाम अलीले ल्याए नयाँ गजल

शनिबार ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ प्रस्तुतिका दृश्य समेटेर गनल युट्युबमा सार्वजनिक गरिएको हो । यसमा मिलन मोक्तानको संगीत र मनोज खड्काका शब्द छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १२:१८

काठमाडौं । नेपालको सांगीतिक टूरमा रहेका सुप्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली, छोरा आमिर र नाती नाजिरको स्वर समावेश ‘गजल उनकै, गीत उनकै’ सार्वजनिक भएको छ ।

शनिबार ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ प्रस्तुतिका दृश्य समेटेर गनल युट्युबमा सार्वजनिक गरिएको हो । यसमा मिलन मोक्तानको संगीत र मनोज खड्काका शब्द छन् ।

साधना कला केन्द्रका प्रमुख समेत रहेका मोक्तानको पहलमा गुलाम अलीको नेपाल टूर सम्भव भएको हो । भिडियोमा गुलाम अली नेपाल आउँदा काठमाडौं विमानस्थलमा गरिएको स्वागतदेखि कार्यक्रमसम्मको दृश्यलाई समेटिएको छ ।

प्रज्ञा साउण्ड स्टुडियोमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ । गीतकार खड्काले अलीको तीन पुस्ताले रेकर्ड गरेको हालसम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताए । भिडियोमा गजल तयार पार्दाको दृश्यलाई पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?