+
+
Shares

सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए

२५ करोडसहित समातिएका व्यक्ति सिन्धुपाल्चोकका कुसाङ लामा रहेको प्रहरीले जनाएको छ । यसअघि उनी सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १२:४६
ट्रकमा फल्स बटम बनाएर रकम लुकाएका सिन्धुपाल्चोकका कुसान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

५ चैत, काठमाडौं । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा रहेको खुलेको छ ।

उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए ।

उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान जारी छ । प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?