
५ चैत, विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर एक बालिकाकाे मृत्यु भएको छ ।
धनपालथान -६ काे कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको हो ।
आगलागीका कारण हालसम्म ८ घर जलेर नष्ट भइसकेका छन् ।
चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार आगलागी नियन्त्रणकाे प्रयास भइरहेको छ ।
*सच्याइएको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4