+
+
Shares

महाराजगञ्ज नर्सिङ क्याम्पसमा ४६० मत खस्यो, मतदान जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १३:३१

५ चैत, काठमाडौं । महाराजगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनमा १ बजेसम्म ४६० मत खसेको छ । क्याम्पसमा ५२९ मतदाता रहेका छन् ।

अनेरास्ववियु र नेविसंघबीच मुख्य प्रतिस्पर्धा भइरहने यो क्याम्पसमा दुवै विद्यार्थी संगठन बिरासत जोगाउने र भत्काउने योजनाअनुसार मैदानमा उत्रिएका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियु मनकुमारी बुढाको नेतृत्वमा चुनावमा उत्रिएको छ भने कांग्रेसको नेविसंघले बिन्दु पोखरेललाई अघि सारेको छ ।

महाराजगञ्ज नर्सिङ क्याम्पसमा यसअघि निरन्तर अनेरास्ववियुले जीत हासिल गर्दै आएको छ । यो संगठन आफ्नो बिरासत कायम नै राख्ने रणनीतिमा छ भने नेविसंघ किल्ला तोड्ने कसरतमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?