+
+
Shares
बक्सअफिस :

‘अञ्जिला’ र ‘आउट ल’को कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १३:३४

काठमाडौं । फिल्म ‘अञ्जिला’ र ‘आउट ल : दफा २१९’ले घरेलु बक्सअफिसमा उत्साहप्रद प्रतिक्रिया प्राप्त गरिरहेका छन् । निर्माताले यी दुई फिल्मको कमाइ विवरण सार्वजनिक गरेका छन् ।

यस्तोमा, यी दुई फिल्मले कति कमाए त ? निर्माताले दिएको विवरण र संचार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बक्सअफिस डेटाअनुसारको कमाइ यस्तो छ :

अञ्जिला

-निर्माताका अनुसार फिल्मले ३ दिनसम्म देशब्यापी २ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
-संचार मन्त्रालयको बक्सअफिसअनुसार फिल्मले ५ दिनसम्म देशब्यापी १ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको छ ।

आउट ल : दफा २१९

-निर्माताका अनुसार फिल्मले ४ दिनसम्म देशब्यापी २ करोड ३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
-संचार मन्त्रालयको बक्सअफिसअनुसार फिल्मले ५ दिनसम्म देशब्यापी ७६ लाख १३ हजार रुपैयाँ कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?