+
+
Shares

थर्मकोलका टुक्रा खाने अनौठो ट्रेण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १३:४०

काठमाडौं । प्रायः सोसल मिडियामा अनौठो खालका ट्रेण्ड आइरहेका हुन्छन्, जसमा मानिसहरुले विभिन्न खालका च्यालेन्जमा भाग लिन्छन् । कहिले कुनै व्यायामको च्यालेन्ज हुन्छ त कहिले पिरो खुर्सानी खाने च्यालेन्ज।

यसै क्रममा एउटा अर्को अनौठो ट्रेण्ड सोसल मिडियामा चर्चामा छ । यो विशेष ट्रेण्डमा मानिसहरुले प्याकिंग पिनट्सहरु खाइरहेका छन् । धेरै मानिसहरुले ती प्याकिंग चिजहरु खाइरहेका भिडियोहरु पनि सोसल मिडियामा शेयर भैरहेका छन् । आखिर ती प्याकिंग पिनट के हुन् र मानिसहरुले किन खाइरहेका छन् ?

तपाइँले देख्नुभएकै होला कि कुनै सामान प्याक गर्दा त्यो टुटफुट नहोस् भन्नका लागि बबल पेपर वा केही थर्मोकोलका टुक्रा जस्ता सामानको प्रयोग गरिएको हुन्छ । यस काममा धेरै मानिसहरुले प्लास्टिक वा थर्मोकोलका टुक्राहरु वा गोलाको पनि प्रयोग गर्दछन्, जसलाई प्याकिंग पिनट भनिन्छ ।

अहिले सोसल मिडिया प्लाटफर्ममा तिनै प्याकिंग पिनट खाने ट्रेण्ड चलिरहेको छ । तिनै चिज खाएर मानिसहरुले टिकटक लगायतका सोसल मिडियामा भिडियो शेयर गरिरहेका छन् ।

कतिपय मानिसले त ती प्याकिंग पिनट्सलाई नास्ताको रुपमा समेत खान सकिने दाबी गरेका छन् । यदि रातमा भोक लागेमा त्यसलाई खान सकिन्छ भन्ने दाबी मानिसहरुले गरेका छन् । आखिर ती प्लास्टिकका टुक्रा कसरी खान सकिन्छ ?

तथापि ती चिज खानेहरुको तर्क के छ भने कतिपय प्याकिंग पिनट्स सड्ने खालका (बायोडिग्रेडेबल) हुन्छन्, त्यसलाई खान सकिन्छ । ती वस्तुहरु मुखमै घुल्ने हुनाले सरीरमा गएपछि कुनै हानी नपुराउने जिकिर उनीहरुको छ । कतिपय भिडियोमा त प्याकिंग पिनट्समा पानी हाल्दा बित्तिकै घुलेको पनि देखाइएको छ ।

के भन्छन् विज्ञ ?

सोसल मिडियाको यस ट्रेण्डका विषयमा विज्ञहरुले भनेका छन् कि ती प्याकिंग पिनट्स बायोडिग्रेडेबल भएतापनि खानलायक भने हुँदैनन् । त्यस्ता चिजहरु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन् । अधिकांस प्याकिंग पिनट्स स्याटायरोफोमबाट बनेका हुन्छन्, जुन अखाद्य हुन्छ ।

स्टायरोफोमको विषाक्त नभएपनि यो आन्द्रामा अड्किने सम्भावना हुने बताइन्छ । त्यस्तै सड्ने वा घुल्ने खालका प्याकिंग पिनट्स पनि खानका लागि योग्न नहुने र केवल मल भने बनाउन सकिने विज्ञहरुको भनाई छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?