+
+
8.4K Shares
बक्स अफिस :

बक्स अफिसमा ‘लाज शरणम्’ र ‘होस्टेल ३’ बीच टक्कर

8.4K Shares
अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १४:१२

काठमाडौं । घरेलु बक्स अफिसमा ‘लाज शरणम्’ र ‘होस्टेल ३’बीच प्रतिस्पर्धा हुने देखिएको छ । एक साताको अन्तरालमा रिलिज भएका यी दुई फिल्मको कमाइमा झण्डै ४० लाख रुपैयाँको अन्तर देखिएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस डेटाअनुसार ‘लाज शरणम्’ले प्रदर्शनको २० दिनसम्म देशब्यापी झण्डै ३ करोड ८६ लाख रुपैयाँ ग्रस कमाएको छ ।

‘होस्टेल ३’ले प्रदर्शनको ११ दिनसम्म देशब्यापी ३ करोड ४६ लाख रुपैयाँ ग्रस कमाएको छ । ‘लाज शरणम्’ फागुन १४ र ‘होस्टेल ३’ फागुन २३ गतेदेखि रिलिज भएका थिए ।

कुमार कट्टेल निर्देशित ‘लाज शरणम्’मा सीताराम कट्टेल, अर्पण थापा, महेश त्रिपाठी, अर्जुन घिमिरे पाँडे, सागर लम्साल बले लगायतका चर्चित अनुहारले अभिनय गरेका छन् ।

सशान कँडेल ‘सन्तोष’ निर्देशित ‘होस्टेल ३’मा पारस बम ठकुरी, सिम्रन पन्त, रिहान गिरी लगायतका डेब्यु कलाकारहरूको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
77%

खुसी

0%

दुःखी

7%

अचम्मित

7%

उत्साहित

10%

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment