+
+
Shares

इजरायलले गाजामा गर्‍यो भीषण आक्रमण, कम्तीमा ३२६ जनाको मृत्यु

‘३२६ जना शहीदहरूको शव गाजाको अस्पतालमा आइपुगेका छन्,’ प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले भनेका छन्, ‘अरू थुप्रै पीडितहरू अझै भग्नावशेषमुनि छन्।’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १५:१०

५ चैत, काठमाडौं। इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् ।

उद्धारकर्ताहरूले कम्तिमा पनि ३२६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्‍चार माध्यमहरूले उल्लेख गरेका छन् ।

मंगलबार इजरायलले गागा क्षेत्रभरी, जसमा दक्षिणी गाजामा खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल-बलाह जस्ता मध्य क्षेत्रहरूमा भीषण आक्रमण गरेको अलजजिराले जनाएको छ ।

अलजजिराका अनुसार मारिनेमा अधिकांश बालबालिकाहरू रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘ ३२६ जना शहीदहरूको शव गाजाको अस्पतालमा आइपुगेका छन्,’ प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले भनेका छन्, ‘अरू थुप्रै पीडितहरू अझै भग्नावशेषमुनि छन् ।’

गाजामा शासन गर्ने हमासले इजरायलको आक्रमणलाई जनवरी १९ मा सुरु भएको युद्धविरामको एकतर्फी रद्दको रूपमा हेरेको बताएको छ।

साथै हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।

इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

People walking on dusty street

‘हमासले हाम्रा बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, साथै अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरू अस्वीकार अपरेसनको गरेपछि आदेश दिइएको थियो’, नेतन्याहुको कार्यालयले विज्ञप्तिमा भनेको, ‘इजरायलले अब उप्रान्त बढ्दो सैन्य शक्तिका साथ हमासविरुद्ध कारबाही गर्नेछ।’

एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने’ अपेक्षा गरिएको बताए ।

‘नेतन्याहु र उहाँको अतिवादी सरकारले युद्धविराम सम्झौता उल्ट्याउने निर्णय गरेका छन्’, हमासले एक विज्ञप्तिमा भन्यो ।

इजरायली प्रधानमन्त्रीलाई आन्तरिक सङ्कटहरूबीच टिकिरहन राजनीतिक ‘जीवनरक्षक’ का रूपमा द्वन्द्वको प्रयोग गरेको आरोप लगाउँदै हमासले भन्यो, “युद्ध पुनः सुरु गर्ने नेतन्याहुको निर्णय कब्जामा रहेका कैदीहरूलाई बलिदान गर्ने र उनीहरूलाई मृत्युदण्ड दिने निर्णय हो ।’

एएफपी फुटेजमा मानिसहरूले साना बालबालिकासहित घाइते व्यक्तिहरूसँग खान युनुसको नासेर अस्पतालमा स्ट्रेचरहरू दौडिरहेको देखाइएको छ । सेतो तन्नााले ढाकिएका शवलाई पनि अस्पतालको शवगृहमा लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?