+
+
Shares

‘यो कम्पनी हो, पार्टी होइन’ लेखेपछि रास्वपाले सुनसरी सभापतिसँग सोध्यो स्पष्टीकरण

स्पष्टीकरण पत्रमा उल्लेख भए अनुसार श्रेष्ठले मेसेज ग्रुपमा ‘यहाँ जे पनि हुनसक्छ यो कम्पनी हो, पार्टी हैन’ लेखेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १५:२०

५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीका पार्टी सभापति जीवनकुमार श्रेष्ठलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

कोशी प्रदेशको ह्वाट्एप ग्रुपमा श्रेष्ठले लेखेको विषयलाई कारण बनाएर ५ चैतभित्र स्पष्टीकरण दिने गरी सोमबार स्पष्टीकरण सोधिएको छ । कोशीका कार्यवाहक सभापति गोमा तामाङ (शरिन)ले श्रेष्ठले स्पष्टीकरण सोधेका हुन् ।

स्पष्टीकरण पत्रमा उल्लेख भए अनुसार श्रेष्ठले मेसेज ग्रुपमा ‘यहाँ जे पनि हुनसक्छ यो कम्पनी हो, पार्टी हैन’ लेखेका थिए । श्रेष्ठले लगाएको आरोप कोशीका कार्यवाहक सभापति तामाङलाई नभई केन्द्रप्रति भएको स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईंको भनाइ म प्रति अथवा कोशी प्रदेशप्रति होइन भने यो केन्द्रलाई लगाएको आरोप हो । पार्टीलाई लगाएको लान्छना क्षम्य हुने देखिँदैन ।’

श्रेष्ठले पटकपटक आम पार्टी सदस्यहरूको गरिमामा ठेस लाग्ने गरी सामाजिक सञ्जालमा लेख्दै आएको आरोप पत्रमा लेखिएको छ । श्रेष्ठका क्रियाकलाप पार्टी हितविपरीत रहेको उल्लेख गरिएको छ । श्रेष्ठले पार्टीले कारबाही गरेका व्यक्तिहरूसँग सम्बन्ध राखेको स्पष्टीकरण पत्रमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?