
५ चैत, काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे संसदीय समितिमा दफावार छलफल सुरु भएको छ ।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिमा आज (बुधबार) बाट दफावार छलफल सुरु भएको हो ।
सात वटा प्रदेश, विज्ञ र सरोकारवालाबाट आएको सुझावसँगै सांसदबाट परेको संशोधनलाई एकीकृत गरेर दवाफार छलफल सुरु भएको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । यो विधेयक २०८० भदौ २७ मा दर्ता भएको थियो ।
विधेयकमा १ हजार ७ सय ५८ बुँदामा संशोधन परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4