५ चैत, काठमाडौं । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार भएको खेलमा भगवतीले ब्रिगेड ब्वाइज क्लबलाई २-० गोलअन्तरले हराएको हो ।
भगवतीको जितमा सुलेमान थापा मगर र दिपेश श्रेष्ठले १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच भगवतीका सदिप केसी घोषित भए ।
ब्रिगेड ब्वाइजले भने पहिलो हार व्यहोरेको छ ।
प्रतिक्रिया 4