+
पीएम कप २०८१ :

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकीलाई हरायो

२०८१ चैत  ५ गते १६:३१ २०८१ चैत ५ गते १६:३१
इशानको अलराउण्ड प्रदर्शनमा बागमतीले गण्डकीलाई हरायो

५ चैत, काठमाडौं । इशान पाण्डेले अर्धशतक बनाउँदै बलिङमा ४ विकेट पनि लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो ।

बागमतीले दिएको २८९ रनको बलियो लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २१९ रनमा अलआउट भयो । वंश क्षेत्रीले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन । उनले सर्वाधिक ५५ रन बनाए । समीर कँडेलले २६ तथा अमृत गुरुङले २० रन बनाए ।

बागमतीका लागि इशानले ६ ओभरमा २७ रन दिएर ४ विकेट लिए । साकार गजुरेलले २ विकेट लिए भने रिजन ढकाल, गौतम केसी र सुर्य तामाङले १-१ विकेट लिए ।

सिद्धार्थ क्रिकेट रंगशालामा त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले इशान, शुभ कंसाकार र बिपिन आचार्यको अर्धशतकमा ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनाएको थियो ।

इशान पाण्डेले सर्वाधिक ६९ रन बनाएका थिए भने बिपिन ६३ रनमा अविजित रहे । शुभ कंसाकारले ५२ रन बनाए । २११ रन बनाउँदा ८ विकेट गुमाएको बागमतीका लागि बिपिनले रिजन ढकालसँग मिलेर अविजित ७८ रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्‍याएका हुन् ।

बिबेक मगरले ३४ रन बनाउँदा रिजन ढकाल २३ रनमा अविजित रहे । गण्डकीका लागि अर्जुन कुमालले ७ ओभरमा ४० रन दिएर ४ विकेट लिए । कप्तान बिपिन खत्री र सुबास भण्डारीले २-२ विकेट लिए ।

बागमतीले ५ खेल खेल्दा २ जितसहित ४ अंक जोडेर अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । गण्डकीले हालसम्म ५ खेल खेल्दा १ जित मात्र निकालेको छ र २ अंकसहित आठौं स्थानमा छ ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय