+
+
Shares

स्ववियु चुनाव : देशभरका ६२ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १६:१७

५ चैत, काठमाडौं । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३८ वटा आंगिक क्याम्पसमा भएको छ ।

त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६२ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो ।

बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतदानका लागि भित्र छिरेकाले भने भोट हाल्न पाउने छन् ।

आज दुई वटा क्याम्पसमा चुनाव रोकिएको छ । मतदान सुरु भएर पनि पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ ।

अधिकारीका अनुसार पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ । पाटनमा सहमतिको प्रयास भइरहेको छ ।

त्रिविका ६४ वटा अंगिक क्याम्पस छन् ।

‘३८ वटामा आज भएको छ । नभएका क्याम्पसमा सहमतिको प्रयास जारी छ । १५ दिनभित्रसम्म चुनाव गराउने योजना छ,’ अधिकारीले अनलाइनखबरसँग भने ।

त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कतिवटा क्याम्पसमा चुनाव भयो यसबारे विवरण संकलन भइरहेको त्रिविले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?