+
+
Shares
फिल्म :

सलमान खानको ‘सिकन्दर’ १७ चैतको आइतबार रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १६:४३

काठमाडौं । सलमान खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘सिकन्दर’ इदको छेकोमा चैत १७ गते आइतबार (मार्च ३०) मा विश्वब्यापी प्रदर्शनमा आउने भएको छ । बलिउड हंगामाले फिल्म उक्त मितिमा आउने उल्लेख गरेको छ ।

रमजान इद चाहिँ मार्च ३१ मा सोमबार परेको छ । भारतको महाराष्ट्रमा गुडी पड्वा पर्वको बिदा भएकाले फिल्मलाई आइतबार ल्याउने निर्णय निर्माताले गरेको समाचारमा उल्लेख छ ।

निर्माताले बुधबार यसको औपचारिक घोषणा गर्ने जनाइएको छ । ‘सिकन्दर’मा सलमानसहित रश्मिका मन्दाना, काजल अग्रवाल र सरमन जोशीको अभिनय हुनेछ । यो फिल्मलाई एआर मुरुगादोसले निर्देशन गरेका हुन् ।

नेपाली फिल्मलाई फाइदा

सलमानको फिल्म यो सप्ताहन्त शुक्रबार र शनिबार नआउँदा प्रदर्शनरत नेपाली फिल्मलाई फाइदा हुने देखिएको छ । चैत १५ मा नेपाली फिल्म ‘डोरी’ आउँदैछ । ‘सिकन्दर’ सर्दाको फाइदा ‘डोरी’लाई हुनेछ ।

यति मात्र होइन, प्रदर्शनरत होस्टेल ३, लाज शरणम्, अन्जिला, आउट ल, राजागंजलाई पनि अर्को सप्ताहन्तको फाइदा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?