
५ चैत, धनगढी। धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी भोट हाल्न मतदान केन्द्रमा पुगेका एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका-४ बस्ने २५ वर्षीय भोजराज भट्ट रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए।
उनका अनुसार उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी भएको खुलेको छ ।
फर्जी मत हाल्न मतदान केन्द्रमा पुगे पनि मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए ।
उनी पक्राउ परेपछि एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा फर्जी मतदान गरेर धाधली गरेको आरोप लगाएको छ ।
निर्वाचन केन्द्रमा खटिएका नेपाली कांग्रेस निकट प्राध्यापकहरूले चुनावमा नेविसंघका उम्मेदवार जिताउन फर्जी मतदान गराउन भूमिका खेलेको भन्दै छानबिनको माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4