+
+
Shares

परराष्ट्रमन्त्री राणा र माल्दोभाका विदेशमन्त्री पोपसोइबीच भेटवार्ता

नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’को क्रममा परराष्ट्रमन्त्री राणाले पोपसोइसँग भेटवार्ता गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १६:५५

५ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र माल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ ।

नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’को क्रममा परराष्ट्रमन्त्री राणाले पोपसोइसँग भेटवार्ता गरेकी हुन् ।

भेटका क्रममा नेपाल र माल्दोभाबीचको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटमा डा. राणाले जलवायु परिवर्तनको असरबाट नेपाल नराम्रोसँग प्रभावित भइरहेको भन्दै विश्वव्यापी रूपमा बढ्दो यो समस्यासँग मिलेर काम गर्ने विषयमा छलफल भएको जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?