+
+
Shares

चुनावको माग राखेर कान्तिपुर इन्जिनियरिङ कलेजमा स्ववियु अध्यक्ष उम्मेदवार घिमिरे अनशनमा

अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार बनेका सन्देश घिमिरे आमरण अनशनमा बसेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १७:०६

५ चैत, काठमाडौं । धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार बनेका सन्देश घिमिरे आमरण अनशनमा बसेका छन् ।

स्ववियु चुनावको माग राखेर उनी अनशनमा बसेको कलेजमा अध्ययनरत एक विद्यार्थीले जानकारी दिए ।

अखिल क्रान्तिकारीले मौन अवधिमा उमेदवारीमाथि प्रश्न गरेर कलेज प्रशासनलाई विज्ञप्ति बुझाएको थियो । सोही विज्ञप्तिका कारण कलेज प्रशासनले चुनाव स्थगित गरेको ती विद्यार्थीको भनाइ छ ।

चुनाव स्थगित भएपछि चुनावको माग राखेर घिमिरे अनशनमा बसेका हुन् ।

अखिल क्रान्तिकारीले अनेरास्ववियुले मनोनयनको दिन ढिला गरी मनोनयन गरेको आरोप लगाएको छ । तर यसमा सत्यता नरहेको अनेरास्ववियुले दाबी गरेको छ । निर्वाचन समितिले पनि अखिलक्रान्तिकारीको विज्ञप्तिका कारण प्रक्रिया रोकिएको जनाएको छ ।

‘मनोनयनको दिन तीन बजेभित्र नै मनोनयन भएको हो । चुनावी प्रक्रिया अगाडि बढेको थियो । दाबी विरोधको समय सकिएको थियो । मौन अवधि सुरु भएपछि अखिल क्रान्तिकारीले इलेक्ट्रोनिक भोटिङ र ढिला मनोनयन भएको विषय उठाएर विज्ञप्ति बुझाएको हो,’ निर्वाचन समितिका एक सदस्यले भने ।

उनका अनुसार अखिल क्रान्तिकारी मतपत्रमा सहमति गर्न पनि आएको छैन । ‘अखिल क्रान्तिकारीको सहमति नभएपछि मतपत्र छपाइ भएको छैन । नयाँ मिति तोकेर चुनाव गर्न सहमतिका लागि बोलाउँदा पनि क्रान्तिकारी आएको छैन,’ उनले भने, ‘सहमतिको प्रयास भइरहेको छ । सबै विद्यार्थी सहमत भएमा निर्वाचन प्रक्रिया अगाडि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?