+
+
Shares

बुर्तिबाङमा प्रभु बैंकको ‘ग्लोबल मनी विक २०२५’ र्‍याली

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १७:१०

५ चैत, काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ बुर्तिबाङमा ‘ग्लोबल मनी विक २०२५’ को अवसर पारेर मंगलबार वित्तीय जनचेतनामूलक र्‍याली आयोजना गरेको छ ।

‘अनुसरण गर्नुअघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं । अरूका कुरा सुनौं तर आधिकारिक कुरा सुनी निर्णय गरौं’ भन्ने मूल नारासाथ आयोजित र्‍यालीले बुर्तिबाङ बजार क्षेत्र परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखा प्रमुख ज्ञानबहादुर क्षेत्रीले ग्लोबल मनी विकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पारे ।

उनले बालबालिका, वृद्धवृद्धा तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्त्व बुझाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्त्व बुझाउनु र वित्तीय साक्षरता प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?