+
+
Shares
फिल्म :

‘अञ्जिला’ फिल्म हेर्न र प्रचार गर्न सातै प्रदेशका फुटबल संघलाई एन्फाको पत्र

नजिकको हलमा सामूहिकरुपमा फिल्म अवलोकन गराउन, जनमानसमा प्रोत्साहन जगाउनको लागि फिल्मको पोस्टर, भिडियो, क्लिप सामाजिक संजालमा सेयर गर्न एन्फाको आग्रह छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १७:२५
फिल्मको एक दृश्यमा एन्जिला तुम्बापो सुब्बा र अभिनेता सुनिल थापा (बायाँ) ।

काठमाडौं । महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षमा आधारित फिल्म ‘अञ्जिला’ हेर्न र प्रचारमा सघाउन अखिल नेपाल फुटबल संघ (एन्फा)ले आग्रह गरेको छ ।

सातै प्रदेशका फुटबल संघ, ४८ जिल्ला फुटबल संघ, संघमा आबद्ध रेफ्री, खेलाडी, प्रशिक्षक र महिला फुटबल संघसहित ४ संघ, शहिद स्मारक ए, बी, सी डिभिजन क्लबलाई एन्फाले पत्र लेखेर उक्त आग्रह गरेको हो ।

नजिकको हलमा सामूहिकरुपमा फिल्म अवलोकन गराउन, जनमानसमा प्रोत्साहन जगाउनको लागि फिल्मको पोस्टर, भिडियो, क्लिप सामाजिक संजालमा सेयर गर्न एन्फाको आग्रह छ । एन्फा महासचिव किरण राईले धेरै भन्दा धेरै दर्शकमाझ फिल्म पुर्‍याउन आग्रह गरेका छन् ।

खेल क्षेत्रलाई हौसला प्रदान गर्ने गरि फिल्म निर्माण गरेकोमा एन्फाले निर्मातालाई धन्यवाद समेत दिएको छ । मिलन चाम्स निर्देशित यो फिल्मले महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सुब्बाको बाल्यकालदेखि टिम कप्तान बन्दासम्मको कालखण्डलाई मर्मस्पर्शीरुपले चित्रण गरेको छ ।

फिल्मको प्रचारप्रसारका लागि अहिले ग्रीसमा रहेकी एन्जिला केही दिनमा नेपाल आउन तयारी रहेको जानकारी समेत निर्देशक चाम्सले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?