+
+
Shares

प्रहरीमा ६ एआईजी खाली, को-को छन् प्रतिस्पर्धी ?

अहिले एआईजी बन्नेहरु भावी नेतृत्वको लागि पुग्ने भएकाले जसरी पनि एआईजी हुने लबिइङमा प्रतिस्पर्धीहरु छन् । जसकारण एआईजी बढुवा निकै पेचिलो हुने देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १८:०८

५ चैत, काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)का ६ दरबन्दी रिक्त भएका छन् ।

सोमबार राति १२ बजेबाट एआईजीहरु टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गए । उनीहरु अवकाशमा गएपछि पाँच एआईजीको पद रिक्त भयो ।

उनीहरुसँगै प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर पनि अवकाशमा गएका थिए । रिक्त आईजी पदमा एआईजी दीपक थापाको बढुवा भयो । थापाको ठाउँमा समेत एआईजी खाली भएसँगै प्रहरीमा रिक्त एआईजीको संख्या ६ पुगेको छ ।

प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ । जसमा अहिले दुई एआईजी मात्रै छन् । आईजीकै प्रतिस्पर्धामा रहेका टेकबहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड गरिहरेका छन् । अर्का एआईजी सुदीप गिरीले प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठना)को कमाण्ड गरिरहेका छन् ।

एआईजी कमाण्ड गर्ने बाँकी ६ वटा विभागहरु भने अहिले एआईजीबिहीन छन् । मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्य विभाग र सीआईबीमा एआईजी पद रिक्त छ ।

रिक्त एआईजी पदमा बढुवाका लागि प्रतिस्पर्धीहरुले लबिइङ सुरु गरेका छन् । बढुवाका लागि सीआईबीमै रहेका डीआईजी चन्द्रकुवेर खापुङ, मधेश प्रदेशका डीआईजी लाममणि आचार्य प्रमुख दाबेदार छन् ।

एआईजी कमाण्ड गर्ने बाँकी ६ वटा विभागहरु भने अहिले एआईजीबिहीन छन् । मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्य विभाग र सीआईबीमा एआईजी पद रिक्त छ ।

उनीहरु २९ चैत २०७९ मा डीआईजी बढुवा भएका थिए । उनीहरुकै ब्याची कृष्णहरि शर्मा पनि प्रमुख दाबेर छन् । हाल बागमती प्रदेशको कमाण्ड गरिरहेका उनी गत जेठमा बढुवा भएका थिए ।

उनीहरुभन्दा पछिल्लो ब्याची तर डीआईजीमा सँगै बढुवा भएका हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालयका दानबहादुर कार्की, प्रहरी एकेडेमीमा कार्यरत मनोज केसी, कोशी प्रदेशमा कार्यरत राजन अधिकारी पनि बढुवाका दाबेदार छन् ।

उनीहरुभन्दा अघिल्लो ब्याच २०५३ मा इन्स्पेक्टरको रुपमा प्रहरी सेवामा प्रवेश गरेका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदीलगायत एआईजी बढुवाको दाबेदार छन् । उनीहरु मध्येबाट ६ जना मन्त्रीपरिषद्को निर्णयबाट एआईजी बन्नेछन् ।

अहिले एआईजी बन्नेहरु भावी नेतृत्वको लागि पुग्ने भएकाले जसरी पनि एआईजी हुने लबिइङमा प्रतिस्पर्धीहरु छन् । जसकारण एआईजी बढुवा निकै पेचिलो हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?