+
+
Shares

नेपाल र भुटानका रोटेरी महासम्मेलन चैत ८ देखि

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १८:००

५ चैत, काठमाडौँ। विश्वका २३० देशमा सञ्जाल फैलिएको सामाजिक संस्था रोटरीको डिस्ट्रिक ३२९२, नेपाल-भुटानको डिस्ट्रिक कन्फ्रेन्स यही चैत ८ गतेदेखि ३ दिनसम्म ललितपुरको मल्टी भेन्यु द प्लाजामा आयोजना हुने भएको छ ।

महासम्मेलनमा नेपालका १५७ र भुटानका एक गरी १५८ क्लवका १५ सयभन्दा बढी सदस्यहरू सहभागी हुने रोटरीको डिस्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनले जानकारी दिए ।

कार्यक्रममा स्वदेशी एवं विदेशी बिज्ञहरूद्वारा विभिन्न सत्र सञ्चालन गरिनेछ । कार्यक्रममा डिस्ट्रिकको प्रतिवेदन र भावी योजनाबारे छलफल हुनेछ ।

कार्यक्रमले रोटरी वर्ष २०२७/२८ का लागि डिस्ट्रिक गभर्नरको चयन समेत गर्ने कन्फ्रेन्स चेयर मधुसूदन आचार्यले जानकारी दिए ।

रोटरी डिस्ट्रिक ३२९२ का पुर्व गभर्नर सन्तोष रिजाल, सन्जय गिरी, गर्भर्नर नोमिनी बिष्णु बहादुर कार्की लगायतले पत्रकार सम्मेलनमा मिडियाकर्मीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

रोटरीले पोलियो उन्मुलनलगायत स्वास्थ्यसम्बन्धी परियोजना, स्वच्छ खानेपानी र वातावरण, शिक्षालगायतका सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

सन् १९०५ मा अमेरिकाबाट सुरु भएको रोटरी क्लव नेपालमा सन् १९५८ देखि सुरु भएको हो । हाल नेपालमा करिब ६ हजार जना रोटरी क्लवमा आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?