+
+
Shares

सिद्धबाबा सुरुङ आयोजनाको भौतिक प्रगति ४५.५८ प्रतिशत

टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भुइँ र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नाली लगायत निर्माणका काम थालिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ५ गते १९:२७
फाइल तस्वीर

५ चैत, काठमाडौं । सिद्धबाबा सुरुङ आयोजनाको भौतिक प्रगति ४५.५८ प्रतिशत पुगेको छ ।

गत माघमा मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदा आयोजनाको प्रगति ४० प्रतिशत हाराहारी थियो । ११ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सुरुङको भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरेका थिए ।

त्यहाँ १ हजार ८९ मिटर लामो मुख्य सुरुङ बनाइएको छ । यसबाहेक तीन बाइपास सुरुङ समेत ब्रेक थ्रु भइसकेको छ । अहिले सुरुङमा आवश्यक अन्य संरचना निर्माण जारी रहेको आयोजनाले जनाएको छ ।

यसबाहेक स्लोप प्रोटेक्सनको काम समेत जारी रहेको आयोजनाले जनाएको छ । यो आयोजनाको वित्तीय प्रगति ४३.८ प्रतिशत छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ ।

यो खण्डको झन्डै ४ किलोमिटर सडक बर्खा र हिउँदमा सधैं पहिरोको उच्च जोखिममा पर्ने गरेको छ । सोही जोखिम मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार चैत २०८३ भित्र सुरुङमार्गको काम सक्नुुपर्ने छ ।

टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भुइँ र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नाली लगायत निर्माणका काम थालिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?