+

नेपाल सुपर लिगको टिकटिङ पार्टनरमा खल्ती र आईएमई पे

२०८१ चैत  ५ गते २१:२५ २०८१ चैत ५ गते २१:२५
नेपाल सुपर लिगको टिकटिङ पार्टनरमा खल्ती र आईएमई पे

५ चैत, काठमाडौं । यही महिना सुरु हुने एनसेल नेपाल सुपर लिग फुटबलको तेस्रो सिजनका लागि खल्ती र आईएमई पे लाई आधिकारिक टिकटिङ पार्टनरका रूपमा घोषणा गरिएको छ।

यो साझेदारी अन्तर्गत समर्थकहरूले डिजिटल वालेट तथा अनलाइन भुक्तानी प्रणालीमार्फत टिकट खरिद गर्न सक्नेछन्।

यस सहकार्यले टिकटिङ प्रक्रियालाई सरल बनाउँदै फुटबलप्रेमीहरूलाई सहज पहुँच दिलाउने एनएसएलका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले उल्लेख गरेका छन् ।

त्यस्तै आईएमई पे का सिइओ प्रविण रेग्मीले डिजिटल समाधानमार्फत खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै खल्तीका सिइओ बिनय खड्काले यस साझेदारीले अझ उत्साहित बनाएको उल्लेख गर्दै समर्थकहरूलाई सहज र डिजिटल माध्यमबाट टिकट बुकिङ गर्न सक्ने सुविधा दिन पाउँदा खुसी लागेको बताए ।

एनएसएलको तेस्रो सिजन आगामी मार्च २९ अर्थात् चैत १६ देखि सुरु हुँदैैछ ।

नेपाल सुपर लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय