+

नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कँदै

२०८१ चैत  ५ गते २१:३० २०८१ चैत ५ गते २१:३०
नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कँदै

५ चैत, काठमाडौं । युगाण्डामा सम्पन्न चार देश सम्मिलित वुमन्स डे कपमा सहभागी भएर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्कँदै छन् । नेपालका लागि प्रस्थान गरिसकेका उनीहरू बुधबार विहान नेपाल आइपुग्ने छन् ।

चार देश सम्मिलित प्रतियोगितामा नेपाल चौथो भएको थियो । समूह चरणमा २ खेल जितेको नेपाल तेस्रो स्थानको खेल रद्द हुँदा अंकतालिकाका आधारमा चौथो भएको हो ।

समूह चरणका ६ खेलमध्ये २ खेल मात्र जितेको नेपालको ४ अंक थियो । तेस्रो स्थानमा रहेको हङकङको ६ अंक थियो । यी दुई टोलीबीच तेस्रो स्थानका लागि छुट्टै अर्को खेल हुने तालिका थियो तर वर्षाका कारण खेल रद्द भएको हो ।

नेपालले डबल राउण्ड रोबिनका आधारमा खेलिएको समूह चरणमा युगाण्डा र हङकङलाई एक-एकपटक हराएको थियो भने त्यही टोलीसँग पराजित हुँदा नामिबयासँग २ पटक नै पराजित भएको थियो ।

यस वुमन्स डे कपको उपाधि घरेलु टोली युगाण्डाले जितेको थियो । फाइनलमा युगाण्डाले नामिबियालाई हराएको थियो । समूह चरणमा युगाण्डाले ६ खेलमा ८ अंक जोड्दा नामिबियाले ६ खेलमा ६ अंक जोड्दै दोस्रो भएको थियो ।

नेपाली टोली यसअघि घरेलु मैदानमै भएको थाइल्याण्ड र नेदरल्याण्ड्ससँगको त्रिदेशीय शृंखलामा जितविहीन बनेको थियो । अब अप्रिलमा नेपाली टोली भुटानमा गएर खेल्ने तय छ ।

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय