
६ चैत, हेटौंडा । मकवानपुरको पहिलो सामुदायिक क्याम्पस हेटौंडा क्याम्पस र वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री) क्याम्पसमा क्रमश: अनेरास्विवयु र नेविसंघले जित निकालेका छन् ।
हेटौंडा क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित भएका छन् । यससँगै उनी दोस्रोपटक स्ववियु सभापति बने । मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा अनेरास्ववियु र नेविसंघको सयुक्त प्यानलबाट उम्मेदवार बनेका मैनाली २५१ मतका साथ निर्वाचन भएका हुन् । उनका प्रस्तिस्पर्धी अखिल (क्रान्तिकारी)का दिपक वाइबा तामाङले ११९ मत प्राप्त गरे ।
सचिवमा अनेरास्ववियुका गणेश तिमल्सिनाले २७१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी क्रान्तिकारीका ईश्वर ढुङ्गेलले ९१ मत मात्रै पाए ।
कोषाध्यक्षमा नेविसंघका सुरज बोलखेले २३६ मत प्राप्त गर्दा क्रान्तिकारीकाकी प्रास्ना दोङले ११५ मत पाइन् ।
यसैगरी, सदस्यहरुमा शिशिर ढकाल, मुना शिकारी, नितेश भण्डारी, नितिश कुमार यादव र अखिलेस कुमार यादव निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ अनेरास्ववियुले २२०, अखिल क्रान्तिकारीले ९५ र नेविसंघले ५७ मत प्राप्त गरेको छ । निर्वाचनमा ३७४ विद्यार्थीले मतदान गरेका थिए । हेटौंडा क्याम्पसमा निरन्तर अनेरास्ववियुले मात्रै स्ववियु निर्वाचन जित्दै आइरहेको छ ।
फरेष्ट्री क्याम्पसमा भट्ट
हेटौंडाको वन विज्ञान क्याम्पसमा स्ववियु निर्वाचनमा श्यामराज भट्ट निर्वाचित भएका छन् ।
नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट २४६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी)का छत्र शाहीले ११८ मत ल्याए । सचिवमा अनेरास्ववियुका सुगम भुषाल क्षेत्री २६७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी रमेश सिह बोहराले १०१ मत प्राप्त गरे ।
कोषाध्यक्षमा नेविसंघकी पूर्णिम पन्त १६७ मत सहित विजयी हुँदा उनकी प्रतिस्पर्धी क्रान्तिकारीकी निरुता श्रेष्ठले १०२ मत ल्याइन् ।
सदस्यमा गठवन्धनकै युनिशा धामी, विनय तिमल्सिना,रोहन केसी, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भए ।
फरेष्ट्री क्याम्पसमा निरन्तर नेविसंघले जितिरहेको छ । नेविसंघको दबदबाका बीच यस क्याम्पसमा अनेरास्विवयु एक पटक मात्रै जित्न सफल भएको थियो ।
प्रतिक्रिया 4