+
+
Shares

गोरखा क्याम्पसमा सत्ता गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते ७:२६

६ चैत्र, गोरखा । गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका छन् । सत्ता पक्ष (नेविसंघ र अनेरास्ववियु) को प्यानललाई हराउँदै अखिल क्रान्तिकारीका उम्मेदवारहरु विजयी भएका हुन् ।

मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा अखिल क्रान्तिकारीका सुलभ अम्गाई निर्वाचित भएका छन् । नेविसंघका रचन परियारलाई ४८ मतले पछि पार्दै अम्गाई निर्वाचित भएका हुन् । अम्गाईले २०९ मत ल्याएका छन् भने परियारले १६१ मत ल्याए ।

त्यस्तै सचिवमा पनि १९९ मत ल्याएर अखिल क्रान्तिकारीकै रुपेश विश्वकर्मा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका राजाराम बोहरालाई पराजित गरेका हुन् । बोहराले १७१ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै आयुषा अर्याल विजयी बनेकी छन् । नेविसंघकी सविना गुरुङलाई ४२ मतले पछि पार्दै अर्याल विजयी भएकी हुन् । अर्यालले २०६ मत ल्याएकी छन् भने गुरुङले १६४ मत ल्याएकी छन् ।

सदस्यहरुमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा निर्वाचित भएका छन् । उनीहरु सबै अखिल क्रान्तिकारीका हुन् ।

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा भने नेविसंघ-अखिल प्यानल विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?