
विन्दु पोखरेल
६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको महाराजगञ्ज नर्सिङ क्याम्पसमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बाजी मारेको छ ।
मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा एमालेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को बिरासत भत्काउँदै नेविसंघका उम्मेदवार विजयी भएका हुन् ।
यसअघि निरन्तर अखिल विजयी हुँदै आएको यो क्याम्पसमा यसपटक नेविसंघकी विन्दु पोखरेल विजयी भएकी छन् ।
पोखरेलले अखिलकी मनकुमारी बुढालाई एक मतको अन्तरले पराजित गरेकी हुन् । पोखरेलले २५९ मत ल्याएर विजयी हुँदा बुढाले २५८ मत पाएकी छन् ।
सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् । एक जना सदस्यमा भने अखिलकी उम्मेदवार विजयी भएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4