
काभ्रेपलाञ्चोक । काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल नै विजयी भएको छ ।
एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीको गठबन्धनका उम्मेदवार अनेरास्वियुका मिलन गौतमलाई १५३ मतान्तरले हराउँदै सभापतिमा नेविसंघका रोहिन पराजुली निर्वाचित भएका हुन् । पराजुलीले २७२ मत ल्याउँदा गौतमले ११९ मत ल्याए ।
सचिवमा नेविसंघकौ तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरुमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्वियूका सन्ध्या गिरी र सुनिता गुँइत निर्वाचित भएका छन् ।
कुल ५४१ मतमध्ये ३९६ मत खसेको थियो ।
काभ्रे क्याम्पसमा नेविसंघ र समाजवादी निकट अनेरास्वियूले गठबन्धन गरेको थियो भने अनेरास्वियु र अनेरास्वियु क्रान्तिकारीले गठबन्धन गरेका थिए ।
जिल्लाका अन्य १५ वटा क्याम्पसमा नेविसंघ र अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेत्रविक्रम चन्दनिकट अखिल समाजवादीबीच नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति भएको थियो ।
सहमति अनुसार सहमतिअनुसार नेविसंघ र अनेरास्ववियुले ६/६ सभापति, अखिल क्रान्तिकारीले ३ क्याम्पसमा सभापति पाएका छन् ।
नेविसंघले इन्द्रेश्वर, प्रकाश, कानपुर, चैतन्य र पार्वती क्याम्पस, मंगलजन विजय, अनेरास्ववियुलाई तेजगंगा, जनक, सर्वमंगला, डेडिथुमका, धूलिखेल र कुशादेवी तथा अखिल क्रान्तिकारीले प्रभा, श्रीकृष्ण दाप्चा र धूलिखेल क्याम्पसमा सभापति लिने सहमति भएको छ ।
त्यस्तै एकीकृत समाजवादी निकट अनेरास्ववियूले प्रभा क्याम्पसमा सहसचिव, तेजगंगामा कोषाध्यक्ष र सर्वमंगलामा उपसभापति लिने सहमति भएको छ भने नेत्रविक्रम चन्दनिकट अखिल समाजवादीले चैतन्य क्याम्पसमा सहसचिव, इन्द्रेश्वरमा दुई सदस्य धुलिखेलमा एक सदस्य जिते ।
प्रतिक्रिया 4