+
+
Shares
स्ववियु निर्वाचन :

देउखुरीको ऐरावती आदर्शमा अखिल क्रान्तिकारी, लमहीमा स्वतन्त्र प्यानल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते ९:५०

६ चैत, काठमाडौं । दाङको देउखुरीस्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पर्ने राप्ती गाउँपालिकाको लालमटियास्थित ऐरावती आदर्श बहुमुखी क्याम्पसको स्ववियुमा अखिल क्रान्तिकारीका विनोद कुमार सोनी नेतृत्वको टिम विजयी भएको हो । सभापति पदमा सोनी, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा मन्दिप पोख्रेल विजयी भएका हुन् ।

सदस्यहरुमा अनिल चौधरी, मणिप्रसाद पौडेल, भुपेन्द्र परियार, सौरभ पोख्रेल र रविना कुँवर विजयी भएका छन् ।

सभापतिका उम्मेदवार सोनीले २१४ मत पाएर विजयी हुँदा अर्का प्रत्यासी नेविसंघका प्रकाश पुनले १५८ र अनेरास्ववियुका अनिल सुनारले १०८ मत पाए । त्यहाँ ४८५ मत खसेकोमा ४८४ मत सदर भएको थियो ।

अघिल्लो पटकको स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारी सहितको गठबन्धनबाट नेविसंघकी विष्णा भण्डारी (संगीता) स्ववियु सभापतिमा निर्वाचित भएकी थिइन् । त्यतिबेला सभापति पदमा स्वतन्त्र उम्मेदवारी दिएका सोनी झिनो मत अन्तरले पराजित भएका थिए । यसपटक एक्लाएक्लै लड्दा सोनीले जित निकाले ।

लमहीको देउखुरी बहुमुखी क्याम्पसमा स्वतन्त्र प्यानल निर्वाचित

यसैगरी दाङ देउखुरीकै लमही बजारमा अवस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियुमा स्वतन्त्र विद्यार्थीहरुको प्यानल विजयी भएको छ ।

सभापतिमा मिलन चौधरी, सचिवमा अनु कुमारी चौधरी र कोषाध्यक्षमा आयुष्मा चौधरी विजयी भएका छन् ।

सदस्यहरुमा लक्ष्मी कुमारी यादव, सरिता पुन, सुदिपा चौधरी, आसिका चौधरी, अनिलनाथ योगी, कामना चौधरी र प्रविन चौधरी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?