+
+
Shares

सुनको भाउ हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १०:३७

६ चैत, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनदेखि उच्च मूल्य रेकर्ड बनाइरहेको सुन आज प्रतितोला १ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त शुल्क लगाउँदा अरु मुलुक पनि सशंकित भएका छन् ।

उनको हर्कतकै कारण विभिन्न मुलुक तथा लगानीकर्ता सुनको लगानीप्रति आकर्षित भएसँगै मूल्य बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार डलर नाघेको छ ।

चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?