+
+
Shares

श्रीलंकाका राजदूत नेपालीले गरे शपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १२:०२

६ चैत, काठमाडौं । श्रीलंकाका लागि नेपाली राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।

त्यसपछि १९ फागुनमा राष्ट्रपति पौडेलले उनलाई राजदूत पदमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?