+
+
Shares

कफी पोखिएर ग्राहकको गोप्य अंग पोलिएपछि स्टारबक्सले दियो ७ अर्ब क्षतिपूर्ति

एजेन्सी एजेन्सी
२०८१ चैत ६ गते १३:०४

कहिलेकाहीँ सानो लापरबाही पनि ठूलो दुर्घटनाको कारक बन्न सक्दछ । अहिले एउटा यस्तै दुर्घटनाको मामिलाका कारण अन्तर्राष्ट्रिय कफी चेन स्टारबक्स चर्चामा छ ।

कारण हो, एउटा सानो गल्ती । जसका कारण कम्पनीले करिब पाँच करोड डलर अर्थात करिब सात अर्ब रुपैयाँ (५ करोड अमेरिकी डलर) जरिवाना तिर्नुपरेको छ ।

लस एन्जल्स डेली न्यूजको रिपोर्ट अनुसार घटना सन् २०२०, फेब्रुअरी ८ मा क्यालिफोर्नियामा भएको हो । माइकल गार्सिया नामका एक डेलिभरी ड्राइभरले स्टारबक्सको कफी खरिद गरे । उनले किनेका तीनवटा कफीमध्ये एउटाको प्याकिङ राम्रोसँग गरिएको रहेनछ । जब माइकलले कफीको ट्रे उठाए, त्यसबेला त्यसरी राम्रोसँग प्याकिङ नगरिएको कफी उनको काखमा पोखियो, जसका कारण तातो कफीले उनको यौनाङ्ग, कम्मर तथा जाँघ समेत जल्यो ।

स्टारबक्सको लापरबाहीका कारण दुर्घटनामा परेपछि गार्सिया अदालत पुगे । लामो समयसम्म चलेको मुद्दामा अन्ततः क्यालिफोर्नियाको एक अदालतले पीडितको पक्षमा फैसला सुनाए र कम्पनीमाथि पाँच करोड डलर जरिवाना लगाएको छ ।

ट्रायल लयर्स फर जस्टिसका अनुसार अस्पतालमा भर्ना भएर उपचार तथा धेरैपटक छालाको प्रत्यारोपण (स्क्रिन ग्राफ्टिङ) गराएका गार्सियाले पाँच वर्ष पीडामै बिताए । जलनका कारण शारीरिक कष्टका अतिरिक्त उनले मानसिक आघात पनि सहनु पर्‍यो ।

स्टारबक्सले सुरुमा करिब चार अर्ब रुपैयाँ बराबरको रकम क्षतिपूर्ति दिने प्रस्ताव गरेको थियो । तर, गार्सियाले चाहिं कम्पनीले आफ्ना नीतिमा परिवर्तन गरोस् र सार्वजनिक रुपमै माफी पनि मागोस् भन्ने चाहन्थे । जब स्टारबक्सले उनको त्यो माग अस्वीकार गर्‍यो तब उनी स्टारबक्सविरुद्ध अदालत पुगेका थिए । अदालतले उनको पक्षमा फैसला गर्‍यो र उनलाई पाँच करोड डलर क्षतिपूर्ति दिन स्टारबक्सलाई आदेश दियो ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?