
अर्बपति एलन मस्कको कम्पनी एक्स एआईले निर्माण गरेको ग्रोक आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट अहिले निकै चर्चामा छ ।
योपटक ग्रोक चर्चामा आउनुको कारण चाहिं उसले अभिव्यक्त गरेका अपशब्दहरू हुन् । प्रयोगकर्ताहरुका प्रश्नको जवाफमा ग्रोक एआईले अभद्र भाषाको प्रयोग गरेको सार्वजनिक भएको छ । त्यस्ता अनुचित शब्दहरू बोलिसकेपछि त्यस विषयमा सतर्क गराउँदा ग्रोकले उल्टै माफी माग्नुको साटो आफूले हल्का मस्ती गरिरहेको भन्ने जवाफ दिएपछि मानिसहरु झनै अचम्मित भए ।
अहिले एआई प्लाटफर्मको क्षेत्रमा च्याट जिपिटी, जेमिनी, डीपसीप आर वान तथा ग्रोक एआई जस्ता अनेकन खेलाडीहरू छन्। अन्य च्याटबटले प्रयोगकर्तासँगको कुराकानीमा त्यस्ता अभद्र शब्दहरूको प्रयोग गरेको पाइएको छैन ।
गुगलको जेमिनी तथा ओपन एआईको च्याट जिपिटीले त अशोभनीय शब्दहरू रोक्नका लागि फिल्टर्सको प्रयोग गरेका छन् । जबकि ग्रोकले भने अरुभन्दा उन्नत देखाउनका लागि त्यस्ता फिल्टर्स राखेको छैन ।
ग्रोक निर्माता एक्स एआईका अनुसार ग्रोकले विभिन्न भाषा सपोर्ट गर्दछ र ती भाषाहरूमै जवाफ दिनसक्छ । प्रयोगकर्ताको भाषा बुझेर त्यस्तै भाषाशैलीमा जवाफ दिने विशेषता ग्रोकको छ । त्यसैले प्रश्नकर्ताको शैलीलाई पछ्याउँदै ग्रोकले त्यस्ता प्रश्नको जवाफमा अशोभनीय शब्दसमेत प्रयोग गर्न सक्दछ ।
ग्रो के हो ? कुन मोडेलमा काम गर्दछ ?
एक्स एआईले विकास गरेको च्याटबट ग्रोक एक एन्डभान्स्ड कन्भर्सेसनल एआई असिस्टेन्ट पावर्ड मोडलमा काम गर्दछ । यो मोडल लार्ज ल्यांग्वेज मोडेल आर्टिटेक्चरमा आधारित हुन्छ । सन् २०२३ मा या मोडल लन्च भएको थियो । डग्लस एडम्सको द हिचहाइकर गाइड टू द ग्यालेक्सी मा आधारित रहेर यो मोडल तयार गरिएको एक्स एआईको दाबी छ ।
एक ब्लग पोस्टमा एक्स एआई कम्पनीले लेखेको छ – ग्रोक एउटा एआई हो जसलाई हिचहाइकर गाइड टू द ग्यालेक्सीको आधारमा बनाइएको छ । त्यसैले यसको उद्देश्य करिब सबैजसो प्रश्नको जवाफ दिनु हो ।
वास्तवमा ग्रोकलाई इन्टेलिजेन्सको साथै प्रश्नहरुको जवाफ दिनका लागि डिजाइन गरिएको हो र यसमा आक्रामक शैली पनि सामेल छ । त्यसैले के सल्लाह दिइन्छ भने यदि तपाईंलाई हँसीमजाक मन पर्दैन भने ग्रोकको प्रयोग नगर्नुहोस् ।
एक्स एआईले पहिलोपटक ग्रोकको सुरुवाती भर्सन ग्रोक १ ल्याएको थियो । जसमा ३१४ अर्ब विज्ञका मापदण्ड सामेल गरिएको थियो । यसको पछिल्लो संस्करण ग्रोक ३ चाहिं गत फेब्रुअरीमा लन्च भएको छ । यो आफ्नो पुरानो संस्करणको तुलनामा १० गुणा धेरै तालिम पाउने प्लाटफर्म भएको बताइएको छ । यसलाई यस्तो प्रकारले डिजाइन गरिएको थियो ताकि यसले भानिसले जस्तै भाषाको प्रयोग गर्न सकोस् र तार्किक उत्तर दिन र समस्या समाधान गर्न सकोस् ।
यो मोडेललाई कानूनी फाइलिंग सहित विशाल डेटासेटमा प्रशिक्षित गरिएको छ, जसमा एक्सएआईको मेम्फिस सुपर कम्प्युटरको प्रयोग गरिएको छ । उक्त सुपर कम्प्युटरमा करिब २ लाख जिपियु छन् । जसका कारण यो सबैभन्दा ठूलो एआई प्रशिक्षण क्लटरममध्येमा पर्न सफल भएको छ ।
वास्तवमा ग्रोक एआईलाई सेन्सर नगरिकनै इन्टरनेट डेटाबाट प्रशिक्षित गरिएको छ । त्यसैले यस्तो अवस्थामा कहिलेकाहीँ यो च्याटबटले अभद्र भाषाको पनि प्रयोग गर्ने सम्भावना हुन्छ । तर, यदि एलन मस्कको ग्रोक एआईले निकै नै आपत्तिजनक भाषा प्रयोग गर्ने कामलाई निरन्तरता दियो भने भविष्यमा यसले माइक्रोसफ्टको टे च्याटबटले जस्तै नियति भोग्नुपर्नेछ । सोही समस्याका कारण टे बन्द भएको थियो ।
प्रतिक्रिया 4