+

स्वर्ण विजेता कराते खेलाडी विप्लवले लिए सन्यास

२०८१ चैत  ६ गते १४:०९ २०८१ चैत ६ गते १४:०९
स्वर्ण विजेता कराते खेलाडी विप्लवले लिए सन्यास

६ चैत, काठमाडौं । १३औं सागका स्वर्ण पदक विजेता कराते खेलाडी विप्लव लाल श्रेष्ठले सन्यासको घोषणा गरेका छन् । २९ वर्षीय विप्लवले बुधबार पत्रकार सम्मेलन गरेर सन्यासको घोषणा गरेका हुन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनदे नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाबाट भएको दुर्व्यवहारका कारण खेलाडीका रूपमा करातेबाट सन्यास लिने निर्णय लिएको बताए ।

सन् २०१९ को १३औं दक्षिण एसियाली खेलमा स्वर्ण जितेका उनले सन् २०२९ मै र सन् २०२४ मा दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पनि स्वर्णपदक जितेका थिए ।

यस्तै सन् २०२३ मा इन्डोनेसियामा १०औं सितोरियो करातेमा रजत पदक जितेका थिए भने विभिन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा पनि सहभागी भइसकेका छन् ।

 

 

कराते खेलाडी विप्लव श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय