+
पीएम कप क्रिकेट :

किरण र नारायणको अर्धशतकीय साझेदारीमा सुदूरले लुम्बिनीलाई हरायो

२०८१ चैत  ६ गते १५:५१ २०८१ चैत ६ गते १५:५१
किरण र नारायणको अर्धशतकीय साझेदारीमा सुदूरले लुम्बिनीलाई हरायो

६ चैत, काठमाडौं । किरण ठगुन्ना र नारायण जोशीले अर्धशतकीय साझेदारी बनाएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा सुदूरले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराएको हो ।

लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । किरण ४३ तथा कप्तान नारायण २५ रनमा अविजित रहे । ६१ रनमा ५ विकेट गुमेपछि दुईले साझेदारी बनाउँदै टोलीलाई जित दिलाए ।

लुम्बिनीका लागि रमेश कुर्मीले ८ ओभरमा २३ रन दिएर २ विकेट लिए । निर्मल गुरुङ, अजय चौहान र बिप्राशन केसीले १-१ विकेट लिए ।

त्यसअघि एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४४.१ ओभरमा अलआउट हुँदै ११६ रन बनायो ।

कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए । प्रज्वल थापाले ३० रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन ।

सुदूरका हेमन्त धामीले ९ ओभरमा २६ रन दिएर ४ विकेट लिए । सोर्य श्रेष्ठ, शेर मल्ल र मिलन बोहराले २-२ विकेट लिए ।

यसअघिका खेलमा पनि सामान्य योगफल डिफेन्ड गरेको लुम्बिनीले आज भने सकेन । ६ खेल खेलेको लुम्बिनीले ४ जित निकालेको छ भने सुदूरले ६ खेल खेल्दा २ जित निकालेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय