
६ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल सम्बन्धी विधेयक संसदीय विषयगत समितिमा पुगेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव’ प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिमा स्वीकृत गरेको हो ।
अब यो विधेयकमाथि दफावार छलफल प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा हुनेछ । यो विधेयकमा विभिन्न ६४ वटा संशोधन प्रस्ताव परेको छ । संशोधन प्रस्ताव र विधेयकमाथि संसदीय समितिमा एकसाथ छलफल हुनेछ ।
यो विधेयक गृहमन्त्री लेखकले गत १५ माघ प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4