+
+
Shares
हलिउड :

गल ग्याडोटको ‘हलिउड’ समारोहमा जब इजरायल र प्यालेस्टाइन समर्थक भिडे

चर्चित हलिउड अभिनेत्री तथा ‘वन्डर वुमन’ फेम्ड गल ग्याडोटले गाजामा चलिरहेको युद्धलाई लिएर आफ्नो धारणा राख्दै आएकी छन् । मंगलबार उनलाई लस एन्जलसस्थित ‘वाक अफ फेम’मा एक स्टार प्रदान गर्दै सम्मानित गरियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ६ गते १७:१४

लस एन्जलस (अमेरिका) । चर्चित हलिउड अभिनेत्री तथा ‘वन्डर वुमन’ फेम्ड गल ग्याडोटले गाजामा चलिरहेको युद्धलाई लिएर आफ्नो धारणा राख्दै आएकी छन् । मंगलबार उनलाई लस एन्जलसस्थित ‘वाक अफ फेम’मा एक स्टार प्रदान गर्दै सम्मानित गरियो ।

तर त्यो समारोह चर्काचर्कीले बिग्रियो । प्यालेस्टिनी र इजरायल समर्थक प्रदर्शनकारीहरू समारोहमा प्रवेश गरे । उनीहरुले हातमा ब्यानर बोकेका थिए भने कार्यक्रमकै क्रममा उनीहरुबीच एकापसमा झडप समेत भयो ।

भेराइटी म्यागजिनका अनुसार दर्जनौं प्रदर्शनकारी समारोह सकिनुअघि नै नजिक भेला भएका थिए । प्यालेस्टाइन समर्थक प्रदर्शनकारीले ‘नायकले प्यालेस्टिनीलेजस्तै लड्छन्’, ‘अरुले अस्कार जितेनन्’, ‘भिवा भिवा प्यालेस्टाइन’जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए ।

प्रदर्शनलाई ध्यानमा राख्दै हलिउडको बुलेभार्ड क्षेत्र बन्द गरिएको भए पनि प्रदर्शनकारीले कार्यक्रमलाई बिथाले । भीडले ‘मुक्तिसँग उठ, कब्जा गरेर तल झर’जस्ता नारा लगाएका थिए ।

संचारकर्मीसँग कुरा गर्दै एक प्रदर्शनकारीले अभिनेत्री ग्याडोटलाई लिएको सम्मानप्रति असन्तुष्टि जनाए । ‘हामीले इजरायलीप्रति खुसी मनाउनुपर्ने कुनै कारण छैन,’ उनले भने । प्रदर्शनकारीले अभिनेत्री ग्याडोटको आलोचना गरे । ग्याडोटले आफ्नो प्लाटफर्मको सहि प्रयोग नगरेको र टाउको बालुवाभित्र लुकाइरहेको बताए ।

एक समर्थकले प्यालेस्टाइनी प्रदर्शनकारीले इजरायली झण्डा चोरेर त्यहाँबाट भाग्न खोजेको आरोप लगाएपछि यो मामिला झन् चर्कियो । त्यसपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको थियो ।

‘वाक अफ फेम’ समारोह स्टिभ निसेनले आयोजना गरेका थिए । फिल्म निर्माता प्याटी जेनकिन्स, अभिनेता विन डिजेल र शिरा हास पनि समारोहमा सहभागी थिए । सम्मान ग्रहण गरेपछि गल ग्याडोटले भनिन्, ’म इजरायली सहरकी केटी हुँ, यो स्टारले मलाई कडा परिश्रम, लगन र थोरै विश्वासले जे पनि सम्भव छ भन्ने सम्झाउनेछ ।’

विन डिजेलको बारेमा कुरा गर्दै ग्याल ग्याडोटले भनिन्, ‘तपाईंले मलाई फास्ट एन्ड फ्युरियस परिवारमा निम्तो दिनुभयो, यो ठूलो सुरुवात थियो । यो मेरो पहिलो फिल्म थियो र ममाथिको तपाईंको विश्वासले मेरो जीवनको दिशा पूर्ण रूपमा परिवर्तन गर्‍यो ।

कामको कुरा गर्दा, अभिनेत्री ग्याडोट डिज्नीको आगामी लाइभएक्शन ‘स्नो ह्वाइट रिमेक’मा देखिनेछिन् । यसमा उनी इभिल क्वीनको भूमिकामा देखिनेछिन् । यस फिल्ममा रेचेल जेगलर मुख्य भूमिकामा छिन् र यो फिल्म मार्च २१ मा हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?